अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा आयोजित तिन दिवसिय धार्मिक महोत्सव समापन भएको छ । शनिस्चरे बजार उत्तर पस्चिममा रहेको डाङग्रे बाबा सेतीदेबी पाथिभरा माता धाममा आयोजना भएको धार्मिक महोत्सव आजबाट सम्पन्न भएको हो ।
महोत्सवमा इलाम, मोरङ, सुनसरीसहित झापाका विभिन्न स्थानबाट ५ हजार भन्दा धेरै भक्तजनहरुको उपस्थिति रहेको जनाइएको छ । महोत्सवमा विभिन्न १५ जातीका धामिले तान्त्रिक बिधिबाट सामुहिक थानपूजा गरेका थिए भने विविध सांस्कृतिक कार्यक्रम भएको थियो । बिशेष पुजा अर्चना तथा सांस्कृतिक झाँकीसहितको र्यालीले नगर परिक्रममा गरी गत चैत २७ गते महोत्सव शुरु गरिएको महोत्सवक आयोजक समितिका संयोजक दिपेन्द्र ढकालले बताए ।
समापन कार्यक्रममा मन्दिरलाई विभिन्न सामाग्रीसहित आर्थिक सहयोग गर्ने ३२ जना दाताहरुलाई सम्मान गरिएको छ ।
धामलाई मुर्ति, धार्मिक सामाग्री लगायत प्रदान गर्ने लक्ष्मीदेवी कार्की, बमबहादुर नेम्वाङ, इशान ढकाल र विकास राईलाई मायाको चिनोसहित सम्मान गरिएको हो । धाम क्षेत्र रंगरोगन, मोटर, पाइप र कल प्रदान गर्ने तिवेन्द्र अधिकारी, अर्जुन थापा र कृष्णबहादुर धिमाललाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
त्यसैगरी महोत्सवमा आर्थिक सहयोग गर्ने दाता भास्कर काफ्ले, एसयुएस निर्माण कन्सट्रक्सन, डिल्ली-संगीता परियार, गोबिन्दप्रसाद खतिवडा, ऐतराज नेम्वाङ, केदार पराजुली, सोमनाथ गिरी, प्रेमराज गिरी, केके ग्रील उद्योग, सुरेश आले, प्रकाश ढकाल, भरत बुढाथोकी, सितला बालुवा प्रशोधन उद्योग, सन्तोष नेम्वाङ, किशोर तामाङ, दिलबहादुर-जसमाया तामाङ, गोमादेवी पर्वते, कुलबहादुर खुलाल, पाथिभरा एग्रीगेट, जय घण्टाल क्रसर उद्योग, शान्ति क्रसर उद्योग, किरण क्रसर उद्योग, मंगलश्री क्रसर उद्योग र जयकाली रोडा उद्योगलाई मायाको चिनोसहित सम्मान गरिएको महोत्सव मुल आयोजक समितिका सचिव अमित खम्बुले जानकारी दिए ।
धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर (काली) को अध्यक्षतामा भएको समापन कार्यक्रम जेष्ठ नागरिक ९३ बर्षिया लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्य भएको थियो ।
समापन कार्यक्रममा दाताको तर्फबाट सुरेन प्रधान, नेवाः देयु दबु नगर सचिव सन्तोषकुमार श्रेष्ठ, नगरसभा सदस्य गोमादेवी पर्वते, महोत्सव मुल आयोजक समितिका संयोजक दिपेन्द्र ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन महोत्सव मुल आयोजक समितिका सचिब खम्बुले गरेका थिए ।
गत चैत २७ गते शुरु भएको महोत्सव आज (मंगलवार) एक समारोहमा विच सम्पन्न भएको हो । आज साँझ २ सय १६ दिपप्रज्वलसहित भजन-किर्तन गरिने महोत्सव आयोजक समितिका सचिब खम्बुले बताएका छन् ।