Aamsanchar

छ करोडको लागतमा चण्डी इँटा उद्योग सञ्चालनमा

Author Image
बुधवार, पौष १३, २०७३

झापा।

Workers carrying brick on their head at bhaktapur brick kiln recently .most of the worker come from india. Photo: /Nagarik/republica

छ करोड रुपैयाँको लागतमा वालुवाडी–६ मा इँटा उद्योग सञ्चालनमा आएको छ ।
झापा चारपानेका युवा व्यवसायी योगेन्द्र निरौलासहित तीन जना युवाले वालुवाडीमा चण्डी इँटा उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।  एक समारोहकाबीच विधिपूर्वक अग्नि पूजा गरेर फायरिङको काम गर्दै उद्योगको उद्घाटन गरिएको थियो ।
पण्डीत डिल्लीराम भण्डारीले पूजा गर्दै फायरिङ गरेपछि इँटा उद्योगले औपचारिक रुपमा इँटा उत्पादन गर्न सुरु गरेको छ ।
काठमाडौंमा चण्डी कन्ट्रक्सन सञ्चालन गरेर सफता पाएपछि आफ्नै ठाउँमा इँटा उद्योग सञ्चालनमा ल्याएको सञ्चालक निरौलाले बताउनुभएको छ ।
माटो राम्रो, कुसल कालिगढ भएकाले उद्योगले क्वालिटी युक्त इँटा उत्पादन गर्ने उहाँको दावी छ । उद्योगमा हाल दुईसय जनाले रोजगार पाएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर