Aamsanchar

भ्रष्टाचारीलाई हेलिकप्टरबाट खसाल्ने चेतावनी

Author Image
बिहिवार, पौष १४, २०७३

फिलिपिन्स,

8cb36927eb7c4d5ba5cc08ce72420322_18

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले भ्रष्टाचारीलाई उडिरहेको हेलिकप्टरबाट खसाल्ने चेतावनी दिनुभएको छ ।

आँधिबाट प्रभावित नागरिकलाई सम्बोधन गर्दै डुटेर्टेले यसअघि पनि आफूले उडिरहेको हेलिकप्टरबाट एक चिनीया नागरिकलाई खसालिसकेको दावी गर्दै यस्तो काम फेरि गर्न नहिच्किचाउने बताउनुभयो । ‘यदि तिमी भ्रष्टाचारी हौ भने हेलिकप्टरमा मनिला लगेर खसालिदिने छु, पहिले पनि मैले यस्तो गरिसकेको छु, फेरि किन नगर्ने ?’

उहाँले यदि कसैले भ्रष्टाचार गरेको थाहा पाए त्यस्ता व्यक्तिलाई हेलिकप्टरमा राजधानी मनिला पुर्‍याउने र खसाल्ने चेतावनी दिनुभएको हो । आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने डुटेर्टेले आफू मेयर छँदा तीन नागरिकको हत्या गरेको दावी गर्दै दुई हप्ताअघि विवादित बन्नुभएको थियो । डुटेर्टे सत्तामा आएयता फिलिपिन्समा लागुऔषध विरुद्धको कारवाहीमा झण्डै ६ हजार जनाको ज्यान गइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर