Aamsanchar

को हुन् रजनी ? किन देशभरी चर्चा छ ?

Author Image
मङ्गलवार, वैशाख २०, २०७९

काठमाडौं । राजधानी काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने ऐतिहासिक नगरी टोखा नगरपालिकाको स्थानीय तहको निर्वाचन तीन विषयमा स्नातकोत्तर गरेकी ३० वर्षकी महिलाले मेयरमा उम्मेदवारी दिएर देश भरीमा चर्चा बटुलेकी छन् ।

सामाजिक सेवामा अहोरात्र खटेकी यी युवतीको क्रियाशिलता देखेर नगरबासी पनि छक्क पर्ने गरेका छन् । सामाजिक क्षेत्रमा लोकप्रीय भएकी यी महिलाको राजनीति गर्ने चाहना, योजना र क्रियाकलाप देखेर धेरैले कसरी सम्भव भएको होला भनी अचम्म मान्ने गरेका छन् ।

टोखा नगरपालिका वडा नम्वर ३ स्थायी घर भएकी रजनी थापाको क्रियाकलाप मात्र होइन, संलग्नता हेर्दा उनी बहुमुखी प्रतिभाकी धनी भन्दा पनि फरक पर्दैन । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष भएकी रजनी लाइन्स क्लव काठमाडौं देउराली धापासीकी अध्यक्ष हुन् ।

फ्लाट प्लगको सद्भावना दूत भएकी रजनी नेपाल मौरिसस बिजनेस काउन्सिलको कोषाध्यक्ष, सिँगटी हाइड्रो पावरको संचालक सदस्य, रजनी स्टार प्रालिको अध्यक्ष, रजनी सचेतना नेपाल फाउण्डेसनको प्रमुख, राष्ट्रिय गोजुरियो कराते डो एसोसिएसन नेपालको सचिव पनि हुन् ।

रजनी सचेतना नेपाल फाउण्डेसनमार्फत उनले महिला जागरण, सचेतनादेखि महिला सुरक्षाको विषयमा देशव्यपाी रुपमा आफै कार्यक्रम संचालन गर्दै हिँडेकी छन् । महाभुकम्पको समयमा विपत्तिमा परेका नागरिकको सेवा देखि कोभिड १९को महामारीको बेला लक डाउनका कारण समस्यामा परेका नागरिकको सेवा समेत गरेकी छन् ।

चाईल्ड डेभलेपमेन्ट एण्ड जेण्डर सोसलाईजेसन, राजनीति शास्त्र र सार्वजनिक प्रशासनमा स्नातकोत्तर गरेकी रजनीले एलएलबी उतिर्ण गरी बिएन नर्सिङको समेत अनुभव लिएकी छन् ।

 

Views: 604

प्रतिक्रिया (०)