काठमाडौं – एसी मिलानले ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।
आइतबार राति भएको यस सिजनको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३-० ले हराउँदै मिलान २०११-१२ पछि पहिलो पटक च्याम्पियन बनेको हो । मिलानले समग्रमा १९औं पटक लिग उपाधि जितेको हो ।मिलानले छिमेकी इन्टर मिलानलाई दुई अंकले पछि पार्यो । इन्टरले साम्पडोरियालाई ३-० ले नै हराएपनि उपाधि रक्षा गर्न सकेन ।एसी मिलानको जितमा ओलिभर जिरुडले दुई तथा फ्रान्क केसीले एक गोल गरे ।जितपछि मिलानले ३८ खेलमा ८६ अंक जोड्दा इन्टरले ८४ अंक जोडेर दोस्रो स्थानमा लिग सकायो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
1
+1
+1
+1
+1
+1
Views: 67