Aamsanchar

सिलि समापनका लागि मन्त्री राई झापा आउने

Author Image
शुक्रवार, जेठ २०, २०७९


दमक। प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री राजन राई २१ गते शनिबार झापा आउने भएका छन् । किरात राई यायोक्खा जिल्ला कार्य समिति झापाको आयोजनामा हुने साकेला सिलि समापन कार्यक्रमलाई सम्बोधन गर्नका लागि मन्त्री राई झापा आउने किरात राई यायोक्खा झापाका अध्यक्ष इन्द्रमान चाम्लिङ राईले बताए ।

कमल गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा रहेको सितापुरी साकेला चौक उत्तर जिल्ला साकेला थानमा हुने कार्यक्रमको तयारी भइरहेको साकेला समापान समारोह व्यवस्थापन समितिका संयोजक जंगबहादुर राईले बताए ।

साकेला उभौलीको अवसरमा पारेर झापा जिल्ला भरी विभिन्न साकेला थान माङहिमहरुमा साकेला सिलि मनाउँदै जिल्ला साकेला थानमा समापन गर्दै आएको छ ।
कोरोना भाइरस (कोभिड १९) का कारण गत २ वर्ष साकेला उभौली साकेला थानमा सामान्य पुजा गरेर मात्र मनाइएको किरात राई यायोक्खा केन्द्रीय सदस्य सुशिल राईले बताए । तर यस वर्ष भने हर्षउल्लासका साथ भव्यसभ्य रुपमा सम्पन्न गर्न तयारी भइरहेको राईले बताए ।

साकेला सिलि समापन कार्यक्रममा झापा जिल्ला भरीका गाउँ समिति÷नगर समिति÷ वडा समिति तथा साकेला सिलि समुहहरु साथै इलाम, मोरङ र भारतको बागडोग्राबाट समेत साकेला टोलि सहित सहभागि हुनेछ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 530

प्रतिक्रिया (०)

सम्बन्धित खबर