Aamsanchar

महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट : नेपाल युएइसँग १० विकेटले पराजित

Author Image
शनिवार, जेठ २१, २०७९

काठमाडौं : १९ वर्ष मुनिको आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपाल युएइसँग १० विकेटले पराजित भएको छ।

मलेसियाको यूकेएम ओभलमा नेपालले दिएको ९ रनको झिनो लक्ष्य युएईले एक दशमलव एक ओभरमा विनाक्षति पूरा गरेको हो। युएईका थीर्था सतिसले ४ र लभन्या केनीले ३ रन बनाइन्।

यसअघिटस जितेर पहिला ब्याटिङमा आएको नेपाल ८ दशमलब एक ओभरमा ८ रन बनाउँदै अलआउट भएको थियो। नेपालका स्नेहा महराले ३, मनिषा रानाले नटआउट २, अनु कडायत, आश्मापुलामी मगर र किरन कुमारी कुवँरले एक÷एक रन मात्रै जोडे ।

नेपाललाई सस्तैमा समेट्न युएइकी महिका गौरले ५ विकेट लिइन् भने इन्धुजा नन्दकुमारले ३ विकेट खसालिन्। शुक्रबार नेपालले कतारलाई ७९ रनले हराएको थियो। पहिलो खेलमा भुटानलाई १ सय ६० रनले पराजित गरेको युएई भने लगातार दोस्रो जित निकाल्न सफल भएको छ।

छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन्। शीर्ष टोलीले दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउने छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 396

प्रतिक्रिया (०)

सम्बन्धित खबर