Aamsanchar

झापामा रेल कुद्ला त ?

Author Image
मङ्गलवार, पौष १९, २०७३

सर्वेक्षणमा स्थानीयको अवरोध
सरकारको महत्वकांक्षी लक्ष्य अन्तर्गत शुरु भएको पूर्वपश्चिम रेलमार्ग विस्तारको सर्वेक्षणमा पूर्वमा भने अवरोध सिर्जना भएको छ ।
सर्वेक्षणका लागि आएको टोलीलाई मोरङ्का केहि स्थानमा स्थानीयबासीले अवरोध गरेका हुन् । आफ्नो जमिनबाट रेल चले पछि जग्गा मासिने भन्दै टोलीलाई स्तम्भहरु गाड्न समेत अवरोध सिर्जना भएको प्राविधिकहरुले बताएका छन् ।

सर्वेक्षणमा गाडिएका खम्बा निकालेर हटाई दिएको, केहि स्थानमा प्राविधिक टोलीलाईनै अवरोध गरिएको सर्वेक्षणमा संलग्न नवराज ईन्जिनियर भण्डारीले बताएका छन् । ३ महिना सर्वेक्षणको काम सक्ने लक्ष्य भए पनि अवरोधका कारण कठिनाई रहेको उनले बताए । सके सम्म मानव बस्ति तथा ठुला संरचना जोगाउने ढंगबाट सर्वेक्षण भई रहेको छ । पूर्वपश्चिम राजमार्गबाट करिव ३ किलोमिटर दक्षिण बाट रेलमार्ग बिस्तार हुने गरि सर्वेक्षणको काम भई रहेको प्राविधिकहरुले जनाएका छन् ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको पूर्व पश्चिम रेलमार्ग विस्तारका लागि पूर्वमा पनि विस्तृत सर्वेक्षण (डिटेल सर्वे) शुरु भएको हो । पूर्वको ईनवरुवा देखि काकडभिट्टा सम्मको खण्डमा दुई कोरीयाली र एक नेपाली कम्पनीले संयुक्तरुपमा सर्वेक्षण थालेका हुन् । सर्वेक्षण टोलीका ईन्जिनियर नवराज भण्डारीका अनुसार २७ जना प्राविधिकहकरुले सुनसरीको ईनरुवा देखि काकडभिट्टा सम्मको १०५ किलोमिटर र ईटहरी देखि बिराटनगर सम्मको २० किलोमिटरमा सर्वेक्षणको काम गरि रहेको छ ।

झापामा समेत ५÷५ किलोमिटरमा स्तम्भ राखिएको र ईटहरी–बिराटनगर खण्डमा पनि लिंक लाईनको काम भई रहेको उनले जानकारी दिए ।   पूर्वमा प्राविधिकहरुका बिभिन्न ७ वटा समूहले सर्वेक्षणको काम गरि रहेको छ । रेल विभागले तयार गरेको आधारमा सर्भे टोलीले सतह मापनदेखि वेन्च मार्क, कन्ट्रोल प्वाइन्ट स्थापना लगायतको प्राविधिक कार्य भई रहेको उनले जानकारी दिए ।

पूर्वमा दोहाकर्न सोसुङ् शिल्ड कम्पनीले सर्वेक्षणको काम थालेको हो । पूर्वपश्चिम रेल मार्ग ९ सय ४५ किलोमिटर लामो र एक सय ६ वटा स्टेशनहरु रहने रेल बिभागले जनाएको छ । सर्वेक्षणको काम शुरु भए पनि रेल मार्ग विस्तारका लागि भने १५ वर्ष लाग्ने अनुमान गरिएको छ ।

पूर्व पश्चिम रेल विस्तार तथा मेट्रो रेलको लक्ष्य सहित सरकारले २०६८ सालको असार १ गते भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत बिभागको स्थापना भएको हो । सोहि लक्ष्य अनुसार सरकारले पूर्वपश्चिम रेलमार्ग विस्तारलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा लिएको छ । हाल रेल विभागबाट  रेल्वे तथा  मेट्रो विकास आयोजना, भारतीय सहयोगको रेल परियोजना, मेची महाकाली विद्युतिय रेलमार्ग, काठमाण्र्डाै मेट्रो आयोजनाहरु, सञ्चालनमा रहेको जनाईएको छ । Feature Jhapa

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर