Aamsanchar

पेटबाट निकालियो १५ सेन्टीमिटर लामो कैंची

Author Image
बुधवार, पौष २०, २०७३

हनोइ।
kaiche

शल्यक्रियाका क्रममा चिकित्सकको लापरवाहीका कारण १८ वर्ष अघि एकजनाको पेटमा छुटेको कैँची हालै निकालिएको छ ।

समाचार एजेन्सीहरुका अनुसार भियनतामका ५४ वर्षीय मा भान न्हाटको पेटबाट चिकित्सकले शल्यक्रिया गरी कैंची निकालेका हुन् । उनको पेटमा १८ वर्षअघि शल्यक्रियाकै क्रममा चिकित्सकले भूलवस कैंची छाडेका थिए ।

उत्तरी भियतनामको थाइ नुभेन प्रान्तका ती पुरुष हालै एउटा दुर्घटनाको शिकार भएका थिए । घाइते अवस्थामा उपचारका लागि अस्पताल लगिएका उनको अल्ट्रासाउन्ड गर्दा चिकित्सकले पेटमा कुनै धारिलो बस्तु रहेको पत्ता लगाएपछि शल्यक्रिया गरिएको थियो ।

शल्यक्रियापछि उनको पेटबाट १५ सेन्टीमिटर लामो कैंची निकालिएको हो । त्यसअघि पेटमा कैंची रहे पनि उनको स्वास्थ्यमा कुनै समस्या नदेखिएको बताइएको छ ।

स्थानीय संचारमाध्यमका अनुसार सन् १९९८ मा पहिलोपटक उनको शल्यक्रिया भएको थियो । उक्त कैंची त्यतिबेला नै चिकित्सकले भूलवस उनको पेटमै छाडेको बताइएको छ ।

भियतनामको स्वास्थ्य मन्त्रालयले सम्बन्धित अस्पताललाई एक साताभित्र ती व्यक्तिको पेटमा कैंची कसले छोडेको हो भन्नेबारे प्रतिवेदन पेश गर्न आदेश दिएको छ । (एजेन्सी)

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर