Aamsanchar

आईसीसीद्वारा क्यान माथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा, नेपालले अब अन्य एकदिवसीय मान्यताप्राप्त राष्ट्रसरहको सुविधा पाउने

Author Image
मङ्गलवार, जेठ ३१, २०७९

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)माथिको ‘कन्ट्रोल फन्डिङ’ फुकुवा गरेको छ ।क्यानले मंगलबार एक विज्ञप्तिमार्फत आर्थिक पारदर्शितामा गरेको कार्यसम्पादनको मूल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रूपमा हटाएको जनाएको छ ।

अब कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यताप्राप्त राष्ट्र सरहको सेवासुविधा पाउने छ ।

०७६ साल असोज ११ र १२ गतेको विशेष साधारणसभाबाट नयाँ निर्वाचित कार्यसमिति आएपछि आईसीसीले क्यानमाथिको निलम्बन फुकुवा गरेको थियो । तर, कन्ट्रोल फन्डिङ फुकुवा भएको थिएन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 329

प्रतिक्रिया (०)

सम्बन्धित खबर