Aamsanchar

२०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहरको टुंगो

Author Image
शुक्रवार, असार ३, २०७९

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार राति २०२६ विश्वकप आयोजना गर्ने तीन देशका १६ सहरको टुंगो लगाएको छ । १६ सहर सार्वजनिक गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकामा २०२६ पछि फुटबल नम्बर एक खेल हुने घोषणा गरेका छन् ।

२०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले आयोजना गर्दैछन् । अमेरिकाको ११ सहरमा विश्वकप आयोजना हुनेछ भने मेक्सिकोको तीन र क्यानडाको दुई सहरले विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन् ।

१९९४ विश्वकपमा छुटेका अमेरिकाको सहरहरू एटलान्टा, ह्युस्टन, मायामी, फिलाडेल्फिए, सियाटल र कान्सस सिटीले यसपटक विश्वकप आयोजनाको जिम्मेवारी पाएका छन् । त्यस्तै १९९४ को विश्वकप आयोजना गरेका बाल्टिमोर, सिनसिनाटी, डेनभर, न्यासभिल, टेनेसी र फ्लोरिडाको ओर्लान्डो भने यसपटक जिम्मेवारी पाएका छैनन् ।

अमेरिकाका सबै ११ रंगशाला एएफएल टिमका घरेलु सहर हुन् । बोस्टन, डल्लास, लस एन्जल्स, सन फ्रान्सिस्को र न्युयोर्कले १९९४ मा पनि विश्वकपको आयोजना गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 283

प्रतिक्रिया (०)

सम्बन्धित खबर