Aamsanchar

काँकडभिट्टमा विपी र पुष्पलालको सालिक एकै ठाउँमा

Author Image
मङ्गलवार, असार ७, २०७९

मेचीनगर। विपी पुष्पलाल बाटिका परिसरमा नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलाल श्रेष्ठ र नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको पूर्ण कदको सालिक र गेट स्थापना भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।

विपी पुष्पलाल बाटिक सहिद स्मृति प्रतिष्ठानले विपी पुष्पलाल वाटिका परिसरमा विपी पुष्पलाल बाटिका सहिद स्मृति प्रतिष्ठानले प्रवेशद्वार र परिसरमा गेट तथा दुईजना नेताको सालिक एकै ठाउँमा निर्माण गरेको छ ।

मेचीनगरको प्रमुख व्यपारिक काँकरभिट्टामा रहेको विपी पुष्पलाल वाटिका परिसरमा प्रदेश, स्थानीय र वडा सरकारले समन्वय गर्दै आकर्षक वाटिका निर्माण गरेपछि गुलजार बनेको हो । वाटिकाको संरक्षण गर्दै पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न १ नम्बर प्रदेश, मेचीनगर नगरपालिका र मेचीनगर ६ नम्बर वडा कार्यालयको करीव ६८ लाख रुपैयाँ लागतमा वाटिकाभित्र विभिन्न प्रकारका संरचना, बगैंजा, बस्ने स्थानसहित दुईजना नेताको पूर्णकदको सालिक निर्माण गरेको प्रतिष्ठानका सचिव नरेन्द्रप्रकाश सिटौलाको भनाई छ ।

प्रतिष्ठान परिसरमा विभिन्न प्रकारका पंक्षीहरु समेत छन् । ती पंक्षीले समेत आन्तरिक पर्यटकको मन लोभ्याउने तथा काँकरभिट्टाहुँदै पश्चिम नेपालका विभिन्न स्थानसम्म जाने यात्रुहरु समय विताउन पनि दिनभरजसो यहि वाटिका आउने र घुम्ने गरेको सचिव सिटौलाको भनाई छ । विक्रम सम्वत १९७१ साल भाद्र २४ गते जन्मिनु भएका विश्वेश्वरप्रसाद कोइराला को निधन २०३९ साउन ६ गते भएको थियो । यसैगरी पुष्पलालको जन्म विक्रम सम्वत १९८१ असार १५ गते भएको थियो । पुष्पलालको निधन ७ साउन २०३५ सालमा भारतमै भयो ।

मेचीनगर नगरपालिका वडानम्बर ६ को कार्यालयसँग रहेको वाटिका परिसरमा थप अन्य संरचना बन्न थालेपछि आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको उहाँको भनाई छ । पहिले हिँड्न डर लाग्ने यो क्षेत्रमा अहिले सार्वजनिक बिदाका दिन दुईदेखि तीन सय र अन्य बेला सयको हाराहारीमा आगन्तुक देखिन थालेको प्रतिष्ठानले जनाएको छ । रौनक बढेसँगै नजिकै रहेका होटल र चियापसल व्यवसाय सञ्चालनमा आउन थालेको प्रतिष्ठानले जनाएको छ । वाटिका क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मेचीनगर नगरपालिकालेयोजना अगाडि बढाएको नगरपालिकाले जनाएको छ ।

धेरै वर्षअघिदेखि उजाड डाँडोमा वृक्षारोपण गरी विपी पुष्पलाल शहीद स्मृति बाटिका नामाकरण गरिएको थियो । उक्त वाटिकामा पुष्पलाल श्रेष्ठ र बीपी कोइरालाको प्रतिमा निर्माण गर्ने योजना रहेको थियो । ढिलै भए पनि योजना सफल भएको छ । अब केहिदिनमा वाटिका परिसरमा निर्माण गरिएको प्रतिमाहरुको अनावरण हुदैंछ । सालिक र सालिक राख्ने फाउण्डेसनमामात्र १४ लाख रुपैयाँ वढि खर्च भएको सचिव सिटौला बताउनुहुन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 442

प्रतिक्रिया (०)

सम्बन्धित खबर