Aamsanchar

ज्येष्ठ नागरिक समिति लाई १ लाख ५१ सहयोग

Author Image
शनिवार, पौष २३, २०७३

काँकरभिट्टा।

sasu buhari

ज्येष्ठ नागरिक समिति मेचीनगरलाई काँकरभिट्टास्थित समाजसेवी एक गुरुङ्ग परिवारले शुक्रबार आर्थिक सहयोग गरेको छ ।
काँकरभिट्टामा आयोजित एक कार्यक्रममा ज्येष्ठ नागरिक भेटघाट चौतारी भवन निर्माण सहयोगार्थ समाजसेवी नगेन्द्र गुरुङ्ग र उनकी श्रीमती पुष्पा गुरुङ्गले १ लाख ५१ हजार ५ सय १५ रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
समाजसेवी गुरुङ्ग दम्पतीले संयुक्त रुपमा प्रदान गरेको सो चेक समितिका मेचीनगर अध्यक्ष अंगतबहादूर थापाले ग्रहण गरेका थिए ।
चेक हस्तान्तरण गर्दै समाजसेवी पुष्पा गुरुङ्गले ज्येष्ठ नागरिकको हितमा आगामी दिनमा पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएकी छन् ।
समितिका नगर अध्यक्ष अंगतबहादूर थापाको अध्यक्षता एवँ सचिव नरेन्द्रप्रकाश सिटौलाको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा ज्येष्ठ नागरिक संघका जिल्ला सदस्य कृष्णप्रसाद उप्रेती, मेचीनगर उपाध्यक्ष मेदनीप्रसाद खरेल, सदस्य बुद्धिनाथ पौडेल, क्या.गोपीलाल लिम्बू, रामप्रसाद दाहाल, भवन निर्माण अनुगमन समिति संयोजक कृणप्रसाद सुवेदी लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 223

प्रतिक्रिया (०)

सम्बन्धित खबर