काठमाण्डाै – शीर्ष वरीयताका सर्बियन खेलाडी नोभाक जोकोभिच ग्रान्डस्लाम विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
सेन्टर कोर्टमा गएराति भएको सेमिफाइनमा घरेलु खेलाडी क्यामरुन नोरीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच आठौँ पटक विम्बल्डनको फाइनलमा पुगेका हुन् ।
जोकोभिचले पहिलो सेट ६–२ ले गुमाएका थिए तर त्यसपछिका तीन सेट ६–३, ६–२ र ६–४ ले आफ्नो पक्षमा पारे । ३५ वर्षीय जोकोभिच २१ औँपटक ग्रान्डस्लामको जित नजिक पुगेका हुन् । यसअघि रफायल नाडालले कीर्तिमानी २२ पटक ग्रान्डस्लाम जितेका छन् ।
जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्डस्लाम जितेका छन् । जोकोभिचले अब उपाधिको लागि अष्ट्रियन निक किर्गियोससँग प्रतिस्पर्धा गर्नेछन् । दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडालले चोटका कारण सेमिफाइनलबाट आफ्नो नाम फिर्ता लिएपछि किर्गियोस फाइनल पुगेका हुन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 344