Aamsanchar

आज सोमबार, झापाका शिवालयहरुमा भक्तजनको घुइँचो

Author Image
सोमवार, साउन २, २०७९

झापा । आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ । साउनको पहिलो सोमबारमा हजारौं भक्तजनले झापाका विभिन्न शिवालयमा पूजा आराधना गरिरहेका छन् ।

झापाका मुख्य गरेर अर्जुनधारा जलेश्वरधाम, कनकाईमाई कोटिहवन, धनुश्कोटी, दमकको पशुपति मन्दिर, साताक्षीधाम, शनिश्चरेको डाङग्रे बाबा धाम, बाह्रदशीको साधुकुटी, मेचीनगरको पातालगंगालगायतका शिवालयहरुमा भक्तजनको भिड लागेको जनाकारी प्राप्त भएको छ ।

साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस पटकको साउन महिनामा पाँच वटा सोमवार परेको छ । साउन महिना पाँचवटा सोमबार पर्दा धेरै शुभ र पवित्र मानिने शास्त्रमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 491

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१