

काठमाण्डाै – केही दिनयता लगातार घटेको सुनको भाउ आज भने बढेको छ । सुन आज तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
Views: 382


