Aamsanchar

रोनाल्डो बने विश्वप्रसिद्ध खेलाडी,मेस्सीलाई उछिने

Author Image
बिहिवार, जेठ २०, २०७३
ronaldoro
एजेन्सी–
पोर्चुगल तथा रियल मड्रिडका स्टार क्रिस्टियानो रोनाल्डो विश्वका प्रसिद्ध खेलाडी बनेका छन्। खेल वेबसाइट इसपिएनले विभिन्न खेलको १०० जना खेलाडीहरुलाई लिएर गरेको सर्वेक्षणमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन्।
दोस्रो नम्बरमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स परेका छन् भने रोनाल्डोका चिरप्रतिद्वन्द्वी अर्जेन्टिना तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी भने तेस्रो स्थानमा रहेका छन्। सूचिको चौथो नम्बरमा ब्राजिलका नेइमार परेका छन् भने पाचौं नम्बरमा स्विजरल्याण्डका टेनिस स्टार रजर फेडेरर परेका छन्। खेलाडीहरुले पाउने सुविधा तथा सामाजिक संजालमा फलोअर्सको संख्याका आधारमा इसपिएनले प्रत्येक वर्ष इसपिएन वल्र्ड फेम १०० सार्वजनिक गर्नेगर्छ।
Views: 259

प्रतिक्रिया (०)

सम्बन्धित खबर