काठमाडौं – जर्मनी इंग्ल्यान्डमा जारी महिला युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा फ्रान्सलाई २–१ ले हराउँदै जर्मनी उपाधि नजिक पुगेको हो ।
जर्मनीको जितमा एलेक्सान्ड्रा पोप्प ले दुवै गोल गरिन् । फ्रान्सले भने उपहार गोल पाएको थियो ।
खेलको ४० औं मिनेटमा पोप्पले गोल गर्दै जर्मनीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, ४४ औं मिनेटमा मर्ल फ्रम्सले आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीको स्थितिमा पुगेको थियो । त्यसपछि ७६ औं मिनेटमा पोप्पले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २–१ को जित दिलाईन् ।
१२ औं संस्करण जारी रहँदा जर्मनी नवौं पटक फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
अब जर्मनीले उपाधिका लागि घरेलु टोली इंग्ल्यान्डको सामना गर्नेछ । फाइनल साउन १५ गते राति हुनेछ ।
यसअघि इंग्ल्यान्डले स्विडेनलाई ४–० ले पराजित गर्दै महिला युरोको इतिहासमा इंग्ल्यान्ड तेस्रोपटक फाइनलमा प्रवेश गरेको हो ।