Aamsanchar

अर्जुनधाराको दास पुल भीमसेनथान मन्दिरमा सप्ताह पुराण आयोजना हुने 

Author Image
बुधवार, साउन २५, २०७९


बिर्तामोड । झापाको अर्जुनधारा ६ दास पुल स्थित भीमसेनथान मन्दिरमा पहिलो पटक ठुलो धार्मिक अनुष्ठान हुने भएको छ ।
२०६४ सालमा स्थापना भएको अर्जुनधारामै पहिलो भिमसेनको मन्दिरमा संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको हो । यही श्रावण ३० गते देखि भाद्र ५ गते सम्म आयोजना हुने अनुष्ठानको सम्पूर्ण तयारी पुरा भएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजक समितिका अध्यक्ष प्रभात मानन्धरले बताए ।

भीमसेन थान मन्दिर व्यवस्थापन समितिको आयोजना र धार्मिक अनुष्ठान सेवा समाजको सह आयोजनामा हुने पुराणमा पण्डित रङ्गराज न्यौपानेको प्रमुख वाचन र पण्डित माधव शरण खनालले उपवाचक गर्ने अध्यक्ष मानन्धरले जानकारी दिए ।

तिन कठ्ठा क्षेत्रफलमा रहेको मन्दिर परिसरमा आयोजना हुने पुराण उद्घाटन (कलश शोभायात्रा) मा विभिन्न जातजाति, धर्मसंस्कृतिको झाँकी, बाजागाजासहित नेवारी समुदायको लाखेनाच पनि रहने आयोजक समितिका सचिव अर्जुनकुमार श्रेष्ठले बताए ।

पुराणका लागि ६ लाख भन्दा धेरै रकम खर्चहुने अनुमान समितिले गरेको छ । भक्तजनको दान भेटीको भरमा पुराण सम्पन्न हुने लक्ष आयोजकले राखेको छ । विशुद्ध धार्मिक उदेश्यले आयोजना गरिने पुराणबाट केही रकम बचत भएमा मन्दिर परिसरमा रहेको खाली जमिनमा भावन निर्माण गर्ने शुभारम्भ गर्ने लक्ष्य रहेको पण्डित भीम मिश्रले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 474

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१