Aamsanchar

आज रोपाइँ जात्रा, रोपाइँ जात्राको पृष्ठभूमि

Author Image
शनिवार, साउन २८, २०७९

के रोपाइँ जात्रा नयाँ जात्रा हो ?
गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकाल बाट चलिआएको हो । उतिखेरको समृद्ध राज्यहरूमा कृषिलाई विशेष दिँदै राजा प्रताप मल्लले रोपाई जात्राको सुरुवात गरेको मानिन्छ । विशेषतः चैत्य, बहाल र टोलका फलैँचाहरूमा आजका दिन स्थानीयहरू भेला भएर यस जात्रा मनाउने चलन छ ।

रोपाइँ जात्राको पृष्ठभूमि
कृषिप्रधान हाम्रो देशमा हरेक वर्ष मनसुनको व्यापक महत्त्व रहने गर्दछ। कतै पर्याप्त पानी पर्‍यो र कतै पानी नपरेर रोपाइँका चुनौतीहरू बढे, कतैका किसान दाजुभाइ दिदीबहिनी खुसी भए भने कतैका किसान दाजुभाइ दिदीबहिनीलाई रोपाइँ सोचेजस्तो रूपमा नहुँदा पिर, चिन्ता र मानसिक तनाव बढ्यो। तर, कतै ढिलो कतै चाँडो, कतै सजिलै त कतै थुप्रै कठिनाइहरू सामना गर्दै धान रोपाइँ भइरहेको छ। हाम्रो कृषिप्रधान देशको किसानहरूको सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको उपलक्ष्यमा आजको दिन खुसीयाली स्वरूप देशका विभिन्न स्थानमा रोपाइँ जात्रा मनाइन्छ।

काठमाडौँ बाहिरको रोपाइँ जात्रा
तर फेरि रोपाई जात्रालाई काठमाडौँ केन्द्रमा मात्र राखेर ब्याख्या गर्दा अपुरो हुन्छ । कोसी किनार, कनकाई किनार देखि कर्णाली र महाकाली किनार सम्म विभिन्न तवरमा यस जात्रा मनाइन्छ । कर्णाली किनारमा यस जात्रालाई चोपाई भनिन्छ, कतिपय ठाउँमा रोपाई सेकपछिको अवसरलाई भुमेपाथी पनि भनिन्छ । रोपाई र दाउन अर्थात् वाली भित्राउँदा एकएकपटक भुमेपाथी मनाउने चलन छ ।

नेवा: समुदायमा रोपाइँ जात्रा
विशेष गरि नेवास् समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा देशैभर सबैको उत्सव बनेको हो। नेपाल भाषामा रोपाइँ जात्रालाई ‘सिनाज्या जात्रा’ भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाइने पाइएको छ। कर्णाली अञ्चलमा भने यस जात्रालाई ‘चोपाइ’ भनिन्छ। त्यहाँको स्थानीय भाषामा ‘चोपाइ’ भनेको चोप्नु हो। आजको दिन सबै टोलका मानिसहरूले आआफ्नो गाउँ ठाउँमा विभिन्न बाजाहरू बजाउँदै धान रोपे जस्तै गरेर नृत्य गर्ने गरेका छन्। खेतालाहरू जम्मा भएर बाजा बजाएर रोपाइँका गीतहरू गाउँदै नाच्दै धान रोपेको खेतमा पुगेर रमाइलो गर्ने गर्दछन्। आजको दिन धान खेतको असली मालिकलाई खेत भित्र हिलोमा डुबाउनुपर्छ भन्ने मान्यता पनि धेरै ठाउँमा रहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर