एलर्जी हटाउन लाभदायी
एलर्जी हटाउन बिहान खाली पेटमा अम्बाको पात खानु निकै फाइदाजनक मानिन्छ । किनकी अम्बाको पातमा एन्टी-एलर्जिक गुण हुन्छ, जसले एलर्जीलाई हटाउन मात्र नभई एलर्जीका कारण हुने खोकी, हाच्छिउँ, चिलाउने जस्ता लक्षणहरू पनि कम गर्न मद्दत गर्छ । यी समस्याबाट छुटकारा पाउन बिहान खाली पेटमा अम्बाको पातको सेवन गर्न सकिन्छ ।
पाचन सुधार गर्न लाभदायी
बिहान खाली पेटमा अम्बाको पात खानु पाचन क्रिया राम्रो बनाउनु पनि हो । अम्बाको पातमा एन्टी(ब्याक्टेरियल र एन्टिमाइक्रोबियल गुणहरू हुन्छन्, जसले पाचन सुधार गर्न मात्र नभई ग्यास्ट्रिक अल्सरलाई रोक्न पनि मद्दत गर्दछ । यस्तो अवस्थामा पेटको समस्याबाट छुटकारा पाउन बिहान खाली पेटमा अम्बाको पातको सेवन गर्न सकिन्छ ।
तौल घटाउन लाभदायी
बिहान खाली पेटमा अम्बाको पातको सेवन गर्नु तौल घटाउन निकै फाइदाजनक मानिन्छ किनभने अम्बाको पातमा यस्ता धेरै बायोएक्टिभ यौगिकहरू पाइन्छ जसले क्यालोरीको मात्रा घटाउन पनि मद्दत गर्छ ।