Aamsanchar

लायन्स क्लब अफ बिर्तामोड लेडीको तिज मिलन कार्यक्रम, सहयोग सँगै नाचगान

Author Image
बुधवार, भदौ ८, २०७९

बिर्तामोड । नेपाली नारीहरुको महान चार्ड तिज नजिकिदै गर्दा गाउँ सहरमा समुहमा भेला भएर दिदी बहिनीहरुले तिज मिलन कार्यक्रमहरु आयोज गरिरहेका छन् । त्यस्तै आज झापाको बिर्तामोडमा लायन्स क्लब अफ बिर्तामोड लेडीले झापाका दृष्टि विहीन विद्यार्थीका लागि ब्रेली पेपर प्रदान गरेर तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

ब्रेली पेपर प्रदान तथा तीज मिलन कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा संस्थाका अध्यक्षसहितले नेत्रहिन संघ झापाकी अध्यक्ष यशोदा बराललाई उक्त पेपर हस्तान्तरण गरेको हो ।

लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष नम्रता रिजाल ढकालको अध्यक्षता तथा लायन्सका एसिया चिफ सत्यनारायण साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि साह, विशेष अतिथि तथा युएसस्थित टेरी निकेस्का फाउण्डेसनका निकेस्का टेरी, जोन चियर पर्सन राजेस दाहाल, लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीका अध्यक्ष पार्वता गिरी, सिभिल बैंक विर्तामोड शाखाका प्रतिनिधि प्रमोद सुवेदी, सञ्चारकर्मी रेजिना गौतम, उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता गिरी, लियो क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष सदिक्षा खरेल, नेत्रहिन संघ झापाकी अध्यक्ष यशोदा बराल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उर्मिला विमली खरेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागत उपाध्यक्ष निरु उप्रेती गर्नुभएको थियो भने सञ्चालन इन्दिरा प्रसाई खरेलले गर्नुभएको थियो ।
गंगा भट्टराईले परम्परामा महिलाले भोग्नु परेको कथाव्यथा समेटिएको कविता वाचन गरेको औपचारिक कार्यक्रमपछि तीजको दर खाने तथा नाच्ने कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 285

प्रतिक्रिया (०)