बिर्तामोड । झापाको बिर्तामोडमा फष्ट स्टेप (बेबी स्टोर) सञ्चालनमा आएको छ ।
बिर्तामोडका युवा उद्यमी निखिल मित्तल र अमन मिण्डाले सञ्चालनमा ल्याएको फष्ट स्टेपको बुधवार औपचारिक रुपमा उद्घाटन गरिएको छ ।
मारवाडी समुदायका अग्रज व्यवसायी द्वारीका प्रसाद मित्तल र जगदीश प्रसाद मिण्डाले रिवन काटेर उद्घाटन गरेका हुन् । फष्ट स्टेपमा तीन वर्षकासम्मका बालबालिकाका लागि चाहिने लत्ताकपडादेखि खेलौनासम्मका सबै सामग्री उपलब्ध हुने सञ्चालक मित्तलले बताए । कब,चिक्को,फार्लिङ, ममलभ ब्राण्डदेखि अन्य ब्राण्डका समेत सात सयभन्दा धेरै प्रकारका सामग्री एउटै छानामुनी उपलब्ध हुने उनले बताए ।
बिर्तामोडस्थित सिटी सेन्टरमा सञ्चालनमा आएको फष्ट स्टेपमा उद्घाटनका अबसरमा तिन दिन सम्म २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
26
+1
8
+1
1
+1
3
+1
2
+1
2
+1
3
Views: 31