Aamsanchar

राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापाको टोली विराट भेट्रान्स फुटबलमा विजयी

Author Image
शुक्रवार, भदौ १७, २०७९

विराटनगर – नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापाको टोली हाटखोला भेट्रान्स क्लब विराटनगरमा जारी रात्रिकालीन भेट्रान फुटबल प्रतियोगितामा विजयी नतिजा निकाल्न सफल भएको छ ।

एन्फाका निवर्तमान सहायक महासचिव बसन्त अर्यालको संयोजकत्वमा विराटनगरस्थित सहिद मैदानमा जारी विराट भेट्रान्स फुटबल प्रतियोगितामा सागर दुई खेलमा सहभागी भएका थिए । हाटखोला भेट्रान्स क्लबबाट मैदानमा उत्रिएका थापाको टोली पहिलो खेलमा विजयी बन्यो ।

थापाको टिम दोस्रो खेलमा जिल्ला फुटबल संघ मोरङका अध्यक्ष संजीव बुढाथोकीको टिमसँग प्रतिस्पर्धा गरेको थियो । टाइब्रेकरमा बुढाथोकीले निर्णायक गोल गरेपछि उनको क्लब जहदा एफसीले फाइनलमा स्थान बनाउन सफल भयो ।
खेल मिलेमतो गरेको आरोपमा थापासहित चार खेलाडीलाई फिफा र एएफसीले आजीवन प्रतिबन्ध लगाएको थियो । नेपालमा भने सागरलगायत सबै खेलाडीलाई अदालतले सफाई दिइसकेको छ । प्रतियोगितामा अन्य खेलाडीहरूले फिफा र एएफसीको प्रतिबन्धमा रहेका खेलाडीलाई खेलाइएको भन्दै आलोचना गरेका छन् ।

तर, एन्फाका महासचिव किरण राईले विराटनगरमा जारी भेट्रान फुटबल प्रतियोगिताबारे आफूलाई जानकारी नभएको बताए । उनले भने, “प्रतियोगिताको बारेमा एन्फालाई जानकारी छैन । यो प्रतियोगिताका लागि एन्फाबाट स्विकृति लिइएको छैन ।’’

खेल मिलोमतो सम्बन्धी कानुन नभएका कारण राज्य विद्रोहको मुद्दा लगाइएको थियो । २०७५ जेठमा विषेश अदालतले उनीहरूलाई निर्दोष ठहर गरेर सफाइ दियो । विशेषको फैसलाविरुद्ध सरकारी २०७५ मंसिरमा सर्वोच्च अदालतमा पुनरावेदन गरिएको थियो । २०७७ असार २ गते राज्य विप्लब ठहर नभएपछि खेलाडीले सफाइ पाएका थिए । तथापि, उनीहरूलाई फिफा र एएफसीको प्रतिबन्ध भने जारी छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर