Aamsanchar

बङ्ग्लादेशले जित्यो साफ महिला च्याम्पियनशिपकाे उपाधि, नेपाल तीन–एकले पराजित

Author Image
सोमवार, असोज ३, २०७९

काठमाण्डाै – छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनशिप २०२२ काे उपाधि बङ्ग्लादेशले जितेकाे छ ।

दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाललाई तीन–एकले हराउँदै बङ्ग्लादेशले उपाधि जित्याे । बङ्ग्लादेशकाे जितमा स्याम सुन्हारले खेलकाे १४ औँ र श्रीमाेती के. सरकारले ४२ र ७७ औँ मिनेटमा गाेल गरिन् । नेपालका लागि अनिता बस्नेतले खेलकाे ७० औँ मिनेटमा सान्त्वना गाेल गरिन् ।

साफ महिला च्याम्पियनशिपले यसपालि नयाँ विजेता पाएकाे हाे । यसअघिका सबै संस्करण भारतले जितेकाे थियाे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर