मेचीनगर । झापाको मेचीनगर –७ इँटाभट्टामा औपचारिक रुपमा मेरो हार्डवेयर सञ्चालनमा आएको छ ।
विगत १ वर्षदेखि आंशिक रुपमा सेवा उपलब्ध गराउँदै आएको मेरो हार्डवेयर ले आज (सोमबार) घटस्थापनाको शुभ साइत पारेर पूर्ण सेवा सहित औपचारिक रुपमा व्यवसायिक सेवा दिन थालेको हो ।
स्थानीय प्रतिष्ठित व्यवसायीहरू श्यामसुन्दर खेतान र विजय डालमिया ले २ करोड रुपैयाँ लगानीमा हार्डवेयर सञ्चालनमा ल्याएका हुन ।
समयको माग अनुसारका गुणस्तरीय निर्माण सम्बन्धी सामानहरू खरिद गर्नको लागि इँटाभट्टाका सेवाग्राहीहरू अन्यत्र टाढा टाढा पुग्नु पर्ने गरेको र सामानहरू एकै ठाउँमा नपाउँदा भोग्नु परेको सास्ती अनि ढुवानी खर्चले सामान महङ्गो पर्ने गरेको अवस्थालाई बुझेर स्थानहरूलाई केही हद सम्म भएपनि सुलभ र सहज निर्माण सामाग्रीहरू उपलब्ध गराउने उद्देश्यले ठुलो लगानीमा इँटाभट्टामा मेरो हार्डवेयर सञ्चालनमा ल्याइएको सञ्चालक विजय डालमिया ले बताए ।
मेरो हार्डवेयर ले इँटाभट्टामा व्यवसायीका सेवा सुरु गरेकाले काँकडभिट्टा, धुलाबारी, धाइजन, बाहुनडाँगी, बहुबन लगायतका क्षेत्रमा नागरिकहरूलाई निर्माण सामाग्री खरिद गर्न सहज हुने छ ।