Aamsanchar

दशैंमा मात्र ३३ अर्ब ६० करोड बराबर खसीको मात्र मासु खपत

Author Image
शनिवार, असोज १५, २०७९

दसैंको समयमा काठमाडौं उपत्यकामा मात्रै ५० देखि ६० हजार वटा खसी÷बोका बिक्री हुन्छ । सरदर प्रतिखसी २० किलोग्रामको हुने पशु सेवा विभागको आँकलन छ । जिउँदो खसीको मूल्य प्रतिकिलो सरदर ७ सय रुपैयाँ रहेको छ । यसरी हेर्दा एउटा खसी वा बोकाको औसत मूल्य १४ हजार रुपैयाँ पर्न आउँछ ।

नेपालमा प्रतिवर्ष औसतमा ४८ लाख वटा खसीबोका बिक्ने विभागको भनाइ छ । विभागका प्रवक्ता डा. चन्द्र ढकालका अनुसार त्यसमध्ये ५० प्रतिशत अर्थात करिब २४ लाख खसीबोका दसैंमा खपत हुन्छ । जसको मूल्य सरदरमा ३३ अर्ब ६० करोड रुपैयाँ हुन आउँछ । यसमा कुखुरा, रागा, हाँस लगायत अन्य मासुजन्य जनावरको खर्च जोड्दा मासुमा हुने दसैं खर्च रकम अझै बढ्न आउँछ ।

काठमाडौं चौपाया खरिद बिक्री संघका अध्यक्ष जनकराज खड्का दसैंको समयमा काठमाडौं उपत्यकामा प्रतिवर्ष ६० हजार वटासम्म खसीबोका बिक्ने बताउँछन् । जसमध्ये २५ देखि ३० हजार वटा खसीबोका कलंकी खसी बजारबाट बिक्ने खड्काको भनाइ छ । यस्तै, बागबजारको खसी बजारबाट १५ देखि २० हजार वटा बिक्ने उनको भनाइ छ । यसबाहेक, अन्य खसी बोका गाउँबाट सिधै काठमाडौंमा बस्ने उपभोक्ताले ल्याउने गर्छन् । श्रोत : निकेश खत्री/रातोपाटी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
Views: 419

प्रतिक्रिया (०)

सम्बन्धित खबर