Aamsanchar

तलेजु मन्दिर किन वर्षमा एक दिन मात्र खुल्ला गरिन्छ ?

Author Image
मङ्गलवार, असोज १८, २०७९

वसन्तपुर दरबारस्थित तलेजु भवानीको मन्दिर वर्षमा जम्मा एक पटक दशैँको नवमीको दिनमात्र सर्वसाधारणका लागि खुल्छ।

अन्य दिनमा आठजना पुजारीले मन्दिरको नित्य पूजा गर्ने गर्छन्। सप्तमीको दिन तलेजु भवानीलाई हनुमानढोका दरबार परिसरको मूलचोकमा सार्ने चलन छ।

सप्तमी, अष्टमी अनि कालरात्रिमा भवानीलाई ९ ओटा राँगा र ४२ वटा बोका बलि स्वरूप अर्पण गरिन्छ। यो मन्दिर किन वर्षमा एक पटक मात्र सर्वसाधारणका लागि खुला गरिन्छ र यी भवानीको नित्य पूजा कसरी हुने गरेको छ ?

तलेजु भवानीका मूल पुजारी उद्धव कर्माचार्य भन्छन् ‘जुन चिजको गोप्यता हुन्छनी त्यसको महत्व बढी हुन्छ । सत्य युगमा उत्पती भएको देवी हुन् । अदृष्य शक्तिलाई जथाभावी प्रयोग नगरियोस भनेर राजा महाराजाहरुले बर्षमा एक दिन मात्र मन्दिर खुल्ला गर्ने नियम बसाए । भवगतीलाई आज सार्ने गरिन्छ, भगवान नभागुन भनेर सुन र चाँदीको सिक्रिले बाधने गरिन्छ । तान्त्रिक विधीबाट पूजा आरधना गरिन्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 375

प्रतिक्रिया (०)

सम्बन्धित खबर
छठ पूजाको इतिहास र उत्पत्ति
आइतवार, कार्तिक १८, २०८१
कहाँ कहाँ मनाइन्छ भाइ टीका ?
आइतवार, कार्तिक १८, २०८१
भाइटिकाका विषयमा जनउक्ति
आइतवार, कार्तिक १८, २०८१