Aamsanchar

पूर्वाञ्चल क्षेत्रीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने

Author Image
सोमवार, माघ १०, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी,


झापा शिवसताक्षीमा ऐतिहासिक रुपमै आउँदो माघ २७ गतेदेखि २९ गतेसम्म पूर्वाञ्चल क्षेत्रीय पुरुष तथा महिला कराँते प्रतियोगिता हुने भएको छ । सतासी स्पोर्टिङ क्लब, झिलझिलेको आयोजना तथा नेपाल डोेजो संघ, झापाको विशेष पहल एवम् व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यका साथ आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ प्रशिक्षक मदन कुमार उप्रेतीले विभिन्न तौल समूहमा खेलाइने प्रतियोगितामा पूर्वााञ्चलका ९ जिल्ला तथा जनकपुरबाट समेत गरी १२० जना खेलाडीको सहभागिता हुने जानकारी दिए । उनका अनुसार महिलातर्फ ४० देखि ६० केजीसम्म तथा पुरुषका ४५ देखि ७० केजीसम्मका विभिन्न उमेरबीच प्रतिस्पर्धा हुनुका साथै आन्तरिक काँता प्रतियोगिता तथा किक बक्सिङ प्रतियोगिता समेत सम्पन्न हुने उप्रेतीले बताए ।
उप्रेतीका अनुसार झापा विभिन्न खेलहरुमा अग्रणी अवस्थामा रहँदा रहँदैं क्षेत्र नं. ३ र ५ कराँते खेलमा न्यून भएकोले ती क्षेत्रहरुमा यो प्रतियोगिता गराई त्यहाँ पनि कराँते खेलप्रति उत्प्ररेणा जगाउन तथा आउँदो जापान ओलम्पिकलाई समेत मध्यनजर गर्दै खेलाडीहरुको प्रतिभा पहिचान गर्नु मूलभूत उद्देश्य भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
यता आयोजक क्लबका अध्यक्ष रमेश लावती अनुसार प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख ७० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको र उक्त रकमको स्रोत जुटाउने काम सुरु भैसकेको तथा उक्त प्रतियोगिताहरु स्थानीय गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेलमैदानमा राष्ट्रिय स्तरका खेलाडीहरुबीच प्रतिस्पर्धा हुने समेत जानकारी दिए ।
पत्रकार सम्मेलनमा डोजो संघ मेची अञ्चल संयोजक कालु मेचे, राष्ट्रिय खेलाडी विक्रम वि.क., कराँते सह–प्रशिक्षक बसन्त धिमाल, स्पोर्टिङ क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)