Aamsanchar

साउन र भदौमा नेपालबाट ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात

Author Image
शनिवार, असोज २९, २०७९

काठमाडौं- नेपालबाट चालू आर्थिक वर्ष २०७९/८० मा ९१ करोड ६७ लाख रुपैयाँको अलैँची निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ महिनामा उक्त मूल्यको अलैँची निर्यात भएको हो ।यस अवधिमा नेपालबाट विदेशतर्फ ११ लाख २५ हजार ९५० किलोग्राम अलैँची निर्यात भएको छ । नेपालबाट निर्यात भएको सबै अलैँची भारततर्फ निर्यात भएको छ । यस्तै, यस अवधिमा नेपालबाट ९ करोड ६० लाख रुपैयाँ बराबरको अदुवा निर्यात भएको छ ।नेपालबाट दुई महिनाको अवधिमा २९ लाख ५९ हजार किलोग्राम अदुवा निर्यात भएको विभागले जनाएको छ । नेपालबाट निर्यात भएको अदुवा भारत र कतारतर्फ निर्यात भएको छ । यस अवधिमा भारततर्फ ९ करोड ५९ लाख रुपैयाँको र कतारमा १ लाख रुपैयाँको अदुवा निर्यात भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर