Aamsanchar

गौरिका सिंहको पेटमा समस्या, तीन इभेन्टबाट फिर्ता लिइन नाम

Author Image
आइतवार, असोज ३०, २०७९

काठमाडौं – नवौँ राष्ट्रिय खेलकुदमा पौडी खेलअघि कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहको पेटमा समस्या देखिएको छ । पेटमा समस्या देखिएपछि गौरिकाले तीन इभेन्टबाट नाम फिर्ता लिएको बताइएको छ ।

बेलायतबाट आएकी गौरिकाले त्रिभुवन आर्मी क्लबबाट पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुदमा प्रतिस्पर्धा गर्न लागेकी थिइन् । गौरिकाको शनिबारबाटै पेटमा समस्या आएको थियो । गौरिकाले १०० मिटर फ्री स्टाइल, २०० मिटर ब्याक स्ट्रोक र ८०० मिटर फ्री स्टाइल इभेन्टबाट नाम फिर्ता गरेको त्रिभुवन आर्मीका खेलाडी भीष्म बड्वालले बताए ।

गौरिकाले नवौँमा ८ एकल र ३ रिले गरी ११ स्पर्धामा प्रतिस्पर्धा गर्न लागेकी थिइन् । गौरिकाले आठौँ राष्ट्रिय खेलकुदमा १२ स्वर्णपदक जितेकी थिइन् ।

पोखराको फिष्टेल एकेडेमीको पौडी पोखरीमा जारी प्रतियोगितामा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले शनिबार तीन स्वर्ण जित्यो । तीनै स्वर्ण अमेरिकाबाट आएकी एस्ले सापकोटा डंगोलले जित्न सफल भइन् । उनले ५० मिटर बटरफ्लाई, १०० मिटर फिस्टाइल २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी हुन् ।

त्रिभुवन आर्मी क्लबकी नासिर याह्याह हुसेनले १५ सय मिटर फ्री स्टाइलमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । त्रिभुवन आर्मीकी डुवाना लामाले पनि राष्ट्रिय कीर्तिमानसहित २०० मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण पदक जितेकी थिइन् ।

पुरुष ५० मिटर बटरफ्लाईमा एपीएफका तेन्जिन नामदोल रायन गुरुङ्गले स्वर्ण पदक जिते । त्रिभुवन आर्मीका अलेक्जेन्डर गादेगाद शाहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर