Aamsanchar

प्याराग्लाइडिङ प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निधन भएका खेलाडी निशिम थापाको अन्त्येष्टि

Author Image
सोमवार, असोज ३१, २०७९

काठमाडौं – पोखरा  प्याराग्लाइडिङको प्रतिस्पर्धाको क्रममा दुर्घटनामा परेर निधन भएका खेलाडी निशिम थापाको अन्त्येष्टि गरिएको छ । थापाको सोमबार रामघाटमा परम्परागत तरिकाले अन्तिम दाहसंस्कार गरिएको हो । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्रीको इभेन्ट्समा प्रतिस्पर्धा गरिरहेका थापाको आइतबार दुर्घटनामा परि मृत्यु भएको थियो ।गोरखा घर भएका २६ वर्षीय थापा १०० मिटर माथिबाट जमिनमा खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । प्याराग्लाइडिङबाट उडान गरिरहेका थापा एक्कासी जमिनमा खस्न पुगेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
4
+1
19
Views: 2184

प्रतिक्रिया (०)

सम्बन्धित खबर