
प्रतिकात्मक तस्वीर ।

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला म्याराथन दौड सुरु भएको छ ।

पोखरा रंगशालाबाट सुरु भएको दौड पृथ्वी चोक, तमु चोक, विरौटा, लेकसाइड, हलन चोक, बागलुङ हाइवे, हेम्जा, मुलपानी टोल, जिरो किलोमिटर, सिर्जना चोक हुँदै पुनः रंगशाला आएर सकिने छ । प्रतियोगीले ४२.१९५ किलोमिटर दुरी पार गर्नुपर्ने छ ।

यो म्याराथन दौडमा पुरुषतर्फ १८ र महिलातर्फ ९ जनाले भाग लिएका छन् ।

Views: 221

