Aamsanchar

डडेलधुरामा सागर ढकालको नाता सम्वन्ध कायम

Author Image
शुक्रवार, कार्तिक ११, २०७९

काठमाडौं । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव भिड्न डडेलधुराबाट उमेदवारी दिएका सागर ढकालले डडेलधुरामा नाता जोडेका छन् ।

डडेलधुरामै भाइटीका मनाएका ढकालले धामी परिवारसँग नाता जोडिएको बताएका छन् ।

‘गुल्मीको ढकाल र डडेल्धुराको धामी परिवारको सम्बन्ध आजबाट जोडिएको छ,‘ सामाजिक सञ्जालबाट उनले भनेका छन्, ‘हाम्रो संस्कृति धेरै नै धनी छ । डडेल्धुरामा दिदी–बहिनीहरू, दाजु–भाइहरू बनाउन पाउँदा निकै नै हर्षित छु ।’

उनले आफू चार महिनादेखि डडेलधुरामै रहेको पनि बताएका छन् । आफूले दसैँ, तिहार, गौरा, तिज डडेलधुरामै बनाएको उनको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर