१६९७ मा गुरुद्वय हरिवंश उपाध्याय र विश्वनाथ उपाध्यायको सहयोगमा राजा सिद्धिनरसिंह मल्लले यो नाच सुरु गरेका हुन् । ५ दिनबाट सुरु भयो । सिद्धिनरसिंहका छोरा श्रीनिवास मल्लले १७२३ मा बाठस् प्याखस् ९लोकनाटक० सहित ७ दिन थपेर १२ दिन चलाए । श्रीनिवासका छोरा योगनरेन्द्र मल्लले यसमा अरु उषाहरण र माधवान लीला नाच थपे । यी दुवै नाच नाच्न थप १५ दिन लाग्छ । यसरी २७ दिन नाच्ने चलन चल्यो । ००६ सालसम्म एवंरीतले यो नाच चल्यो ।
तर ००७ सालको जनक्रान्तिले यो नाच खण्डित हुन पुग्यो र २ दिनको मात्र हुन थाल्यो । बराह र नरसिंह अवतारको नाच मात्र हुन थाल्यो । ३० वर्षसम्म यही क्रम चल्यो । ०३८ सालमा यस नाचलाई पुनस् पुरानै स्वरुपमा देखाउन कार्तिक नाच प्रवद्र्धन समिति संस्था खोलियो, जुन ८ दिन चल्थ्यो । ०७१ मा कार्तिक नाच संरक्षण समितिको रुपमा दर्ता गरियो । अहिले यही समितिबाट १२ दिनका लागि कार्तिक नाच सञ्चालन हुँदै आएको छ ।
यसको महत्व के छ ?
हाम्रा पुर्खाको भनाइअनुसार देशको समृद्धि र कल्याणका लागि यो नाच सुरु भएको हो । यो नाचमा कृष्णलीला र लोक नाटक देखाइन्छ । लोक नाटकमा ब्रह्मा, विष्णु र महेश्वरले मानव अवतार लिई धर्तीमा आई गरेका काम भूत, भविष्य र वर्तमानमा पर्ने असरबारे देखाइन्छ । यो शिक्षाप्रद हुन्छ । पहिले लोकनाटक नेवारीमा र कृष्णलीला मैथिली भाषामा हुन्थ्यो । अहिले सबै नेवारी भाषामा हुन्छ ।
फोटो : दशरथ श्रेष्ठ बिजुक्छे