Aamsanchar

भन्सारको डकुमेन्ट्री प्रर्शदन

Author Image
शुक्रवार, माघ १४, २०७३

बिर्तामोड।

६५ औं भन्सार दिवसको अवसर पारेर नेपालमा नै पहिलो पटक मेची भन्सार कार्यालयले आफ्नो कामको विषयमा सेवाग्राहीलाई जनकारी गराउन डकुमेन्ट्री फ्लिम तयार गरी प्रर्शदन गरेको छ ।

देश भरिका शाखाको गतिविधिमा आधारित रहेर भन्सार कार्यालयले डकुमेन्ट्री तयार पारेको हो । तयार पारिएको डकुमेन्ट्री मेची भन्सार सहित देश भरका भन्सार कार्यालयले एकै साथ प्रर्दशन गरेका छन् ।

डकुमेन्ट्रीमा भन्सारको गतिविधि,काम कारोवार, कसरी हुन्छ र आधुनिकिकरणको नाममा के के प्रविधि प्रयोग भइरहेको छ सो वारेमा सर्वसाधारणलाई वुझाउन खोजिएको छ ।

उक्त डकुमेन्ट्री युवटुवमा पनि राखिएको छ । मेची भन्सार कार्यालयले तयार पारिएको सो डकुमेन्ट्री मार्फत सेवाको विषयमा सर्वसाधारणले  सहजरुपमा थाहा पाउन भन्ने उद्देश्यले १५ मिनेट ५७ सेकेन्डको निर्माण गरिएको प्रमुख भन्सार अधिकृत भीमप्साद अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर