Aamsanchar

दोस्रो रमपम झापा गोल्डकप आजदेखि

Author Image
शनिवार, माघ १५, २०७३

झापा,

मोफसलको सर्वाधिक पुरस्कार राशीको दोस्रो झापा गोल्डकप आजदेखि सुरु हुदैछ । अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो झापा गोल्डकप प्रतियोगिता आउदो माघ २४ गते सम्म झापाको बिर्तामोडमा सञ्चालन हुने बताइएको छ ।

आज हुने उदघाटन खेलमा झापा ११ र भारतको शेर क्लब बीच प्रतिस्पर्धा हुने रमपम झापा क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । खेलको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको झापा गोल्ड कप मुल आयोजक समितिका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।

बिर्तामोडस्थित डोमालाल रंगशालामा हुने प्रतियोगितामा भारतको एक टिम सहित १० वटा टिमले सहभागिता जनाएका छन् ।पहिलो गोल्डकपको अनुभवबाट सिकेका कुरालाई सुधार गरी दोस्रो गोल्डकप अझ व्यवस्थित बनाइने उनको भनाई छ । उनले यो गोल्डकप झापाको मात्र नभई नेपालकै गौरवको विषय भएकाले आ–आफ्नो क्षेत्रबाट सहयोग पु¥याउन सबैमा आग्रह पनि गरेका छन् ।

प्रतियोगितामा विजेता टिमलाई ७ लाख र उपविजेतालाई साढे तीन लाख नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले बताएको छ ।प्रतियोगितालाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागी १ सय ११ सदस्यीय मूल आयोजक र ५१ सदस्यको सल्लाहकार समिति गठन गरिएको छ । करिब ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको मुख्य आयस्रोत उद्यमी,व्यवसायी गेट टिकट तथा फुटवलप्रेमीवाट प्राप्त हुने समितिले जनाएको छ ।

जिल्ला फुटबल संघका अध्यक्ष तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले सवैको सहयोगमा कुनै टिका टिप्पणी नगरी खुसी लिएर भव्य र सभ्य तरिकाले गोल्ड कपलाई निरन्तरता दिनु पर्नेमा जोड दिए । आयोजक टिमको तर्फबाट झापा ११ प्रतिस्पर्धामा उत्रने उनले बताए । गत बर्ष चैत १९ देखि २७ गतेसम्म प्रथम गोल्ड कप प्रतियोगिता भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर