Aamsanchar

मोरङ २ मा सुजाता कोइराला १ हजार ३ सय मतले पछाडि, बुवा गरिजाकाे विरासत जोगाउन धौधौ

Author Image
शुक्रवार, मंसिर ९, २०७९

विराटनगर : मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी नेतृ  सुजाता कोइराला  १ हजार ३ सय ६३ मतले पछाडि परेकी छन्।  मतगणनाको सुरुवातदेखि  थोरै मतको अन्तरले  एमालेका ऋषिकेश पोखरेलसँग  अघि पछि हुँदै आएकी कोइरालालाई बुवा गरिजा प्रसाद कोइरालाको  विरासत जोगाउन  धौधौ परेको छ।

यस क्षेत्रबाट नेपाली कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाले चुनाव लड्दै आएका  थिए। अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट  कांग्रेसका  मिनेन्द्र रिजालले एमालेका ऋषिकेश पोखरेललेलाई पराजित गरेका थिए। पोखरेलले २९ हजार ११६  मत ल्याउँदा  कोइरालाले २७ हजार ७ सय ५३ मत ल्याएका छिन्।

Views: 374

प्रतिक्रिया (०)

सम्बन्धित खबर