Aamsanchar

राप्रपाले समानुपातिकतर्फ थ्रेसहोल्ड मत कटायाे

Author Image
शुक्रवार, मंसिर ९, २०७९

काठमाडौं : राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा)ले समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ। पछिल्लो मतपरिणामअनुसार राप्रपाले ३ लाख १३ हजार ७५३ मत ल्याएको छ।

पहिलो नम्बरमा रहेको नेकपा एमालेले १३ लाख १० हजार ८८८ मत प्राप्त गरेको छ भने दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसले १२ लाख ४० हजार ४६८ मत प्राप्त गरेको छ।

त्यस्तै तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ५ हजार ९७१ मत प्राप्त गरेको छ भने माओवादीले ५ लाख ५३ हजार ५८९ मत प्राप्त गरेको छ।

जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीले समानुपातिक थ्रेसहोल्ड कटाउन सकेको छैन। जसपाले १ लाख ५३ हजार मत कटाउँदा एकीकृत समाजवादीले १ लाख ३ हजार ३२५ मत ल्याएको छ।

Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर