Aamsanchar

सेनेगललाई खेल जित्नुपर्ने बाध्यता

Author Image
मङ्गलवार, मंसिर १३, २०७९

काठमाडौं।  सेनेगल र इक्वेडरबीचको खेल रोचक मोडमा पुगेको छ। इक्वेडरले दोस्रो हाफको ६७ मिनेटमा गरेको बराबरी गोलको नतिजालाई ३ मिनेटभित्रै सेनेगलले उल्टाएको छ।

सेनेगलले कप्तान कालिदो कुलिबालीले ७० मिनेटमा गोल गरेपछि सेनेगलले २–१ को अग्रता लिएको छ। समूह ‘ए’ को अर्को खेलमा आयोजक कतारविरुद्ध नेदरल्याण्ड्स जितको नजिक रहेको अवस्थामा नकआउट चरण प्रवेशका लागि सेनेगललाई खेल जित्नुपर्ने बाध्यता थियो।

उसले खेललाई आफ्नो पकडमा राखेर छनोट हुने छाट देखाएको छ। सेनेगलका लागि इस्माइला सारले पहिलो हाफको ४४ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। त्यसलाई ६७ मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले बराबरी गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर