काठमाडौं – फिफा विश्वकपमा आज (बुधबार) समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । आज समूह ‘सी’ र ‘डी’ का खेलहरू हुनेछन् । आज हुने पहिलो खेलमा समूह ‘डी’ का चार टिम एकैसाथ प्रतिस्पर्धामा उत्रँदैछन् । जहाँ साविक विजेता फ्रान्सले ट्युनिसिया र अस्ट्रेलियाले डेनमार्कविरुद्ध खेल्दै छन् । यी खेलहरू ८ः४५ बजेदेखि सुरु हुनेछ ।
आजको दोस्रो खेलमा समूह ‘सी’ का चार टिम प्रतिस्पर्धामा उत्रँदैछन् । जसमा कतारको रंगशाला ९७४ मा दुई पटकको विश्वविजेता अर्जेन्टिनाले पोल्यान्डसँग खेल्दा लुसैल रंगशालामा साउदी अरेबियाले मेक्सिकाविरुद्ध खेल्दै छ । दुवै खेल राति १२ः४५ बजेदेखि सुरु हुनेछ । विश्वकपको अन्तिम–१६ मा स्थान बनाउँन आज समूह ‘सी’ का चारै टिमलाई जितको दबाब छ ।
समूहमा दुई खेलबाट चार अंक जोडेको पोल्यान्ड शीर्ष स्थानमा छ । समान खेलबाट तीन–तीन अंक जोडेका अर्जेन्टिना र साउदी अरेबिया क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । यस्तै, एक अंक जोडेको मेक्सिको तालिकाको पुछारमा छ ।
कस्तो छ समूह ‘सी’ को समीकरण ?
पोल्यान्ड जित वा बराबरको नतिजाले पनि अन्तिम–१६ मा प्रवेश गर्नेछ । तर, पोल्यान्ड हार्दा साउदी अरेबियाले जित निकाले रोबर्ट लेवान्डोवस्कीको टिम समूह चरणबाटै बाहिरिनेछ ।