Aamsanchar

बढ्याे सुनको भाउ ,एक ताेलाकाे ९८ हजार भन्दाधेरै

Author Image
बिहिवार, मंसिर १५, २०७९

काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबार दिन बुधबार दुई सय रुपैयाँले बढेर सुन प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन ५ सय रुपैयाँले बढेको हो।आज तेजावी सुनको मूल्‍य ९७ हजार ६ सय कायम गरिएको छ।

यस्तै, सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार ३३० पुगेको छ।

Views: 197

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२