Aamsanchar

पहिलो हाफमा घानाविरुद्ध उरुग्वेलाई दुई गोलको अग्रता

Author Image
शुक्रवार, मंसिर १६, २०७९

कतार –फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह एच को खेलमा उरुग्वेले घानाविरुद्ध पहिलो हाफमा दुई गोलको अग्रता लिएको छ ।

घानाले खेलको १७ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत अग्रता लिने अवसर पाएको थियो । तर कप्तान आन्द्रे आयुको पेनाल्टी गोलरक्षक सर्जियो रोसेटले बचाए । रोसेटले पेनाल्टी क्षेत्रभित्र मोहमद कुडुसलाई लडाएपछि घानाले भिएआरको सहयोगमा पेनाल्टी पाएको थियो ।

उरुग्वेले खेलको २७ अ‍ौं मिनेटमा अग्रता लियो । जिअर्जिअन डे अरासेटाले गोललाइन नजिकबाट बललाई पोस्टभित्र छिराउँदै यस विश्वकपमा उरुग्वेको पहिलो गोल गरे । लुइस सुआरेजले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार गोलरक्षक लरेन्स इटि जिगीले बचाएपनि रिबाउन्डमा अरासेटा गोल गर्न तैनाथ थिए ।

अग्रता दिलाएको ५ मिनेटमै अरासेटाले व्यक्तिगत दोस्रो गोल गरे । यसपटक सुआरेजले दिएको पासलाई अरासेटाले शक्तिशाली प्रहारमा गोल गरे । उनले हावामा आएको पासलाई पहिलो टचमै हाफ भलीमा सुन्दर फिनिस गरे ।

समूहको अर्को खेलमा पोर्चुगल र कोरिया १-१ को बराबरीमा छन् ।

दुई खेलको सकिँदा पोर्चुगल ६ अंक जोड्दै नकआउट चरणमा प्रवेश गरिसकेको छ । घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १-१ अंक छ ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर