Aamsanchar

धाँधली गरी एमालेका विष्णु पौडेललाई जिताइएको भन्दै रास्वपाका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा हाले मुद्दा

Author Image
बुधवार, मंसिर २१, २०७९

काठमाडौं – निर्वाचनमा धाँधली गरी नेकपा एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले सर्वोच्च अदालतमा मुद्दा हालेका छन् ।

पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत नदिई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।रुपन्देही क्षेत्र नं. २ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं. २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् ।मंगलबार दर्ता भएको निवेदनको पेशी तोकिएको छैन । निर्वाचनसम्बन्धी विवाद सर्वोच्च अदालतको संवैधानिक इजलासले निरुपण गर्ने व्यवस्था छ ।

Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर