Aamsanchar

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्यमा सुधार

Author Image
बुधवार, मंसिर २१, २०७९

साउ पाउलोका डाक्टरहरूले अस्पतालमा पेलेको स्वास्थ्यमा सुधार आइरहेको बताएका छन् । ८२ वर्षीय ब्राजिलका महान् फुटबलर गत मंगलबार अस्पताल भर्ना भएका थिए । शनिबार मात्र उनले ‘धेरै आशासहित बलियो’ रहेको सन्देश दिएका थिए ।किमोथेरापीले प्रतिक्रिया दिन छाडेपछि उनलाई ‘इन्ड अफ लाइफ केयर’ सुरु गर्न लागिएको रिपोर्टहरू सार्वजनिक भएपछि पेलेको तर्फबाट सो सन्देश जारी भएको थियो । सन् २०२०१ को सेप्टेम्बरमा ट्युमरको अपरेसन गरेपछि तीन पटकका विश्वकप विजेताको नियमित उपचार भइरहेको छ ।‘बिरामीको अवस्थामा सकारात्मक सुधार भइरहेको छ, विशेष गरेर श्वासप्रश्वासको सङ्क्रमणमा,’ उनका डाक्टरहरूले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘उनी स्टान्डर्ड रुममा रहेका छन् । उनको अवस्था स्थिर रहेको छ भने उनी होसमा रहेका छन् र नयाँ जटिलताहरू देखिएका छैनन् ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर