Aamsanchar

क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा, ब्राजिल पेनाल्टी सुटआउटमा पराजित

Author Image
शुक्रवार, मंसिर २३, २०७९

काठमाडौं :  क्रोएसिया फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार राति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसिया अन्तिम चारमा पुगेको हो।

एजुकेसन सिटी स्टेडियममा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो। ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो

त्यसअघि अतिरिक्त समयको पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। उनले पाक्वेटाको पासमा १०५ं औं मिनेटमा गोल गरेका थिए।

यस गोलसँगै नेयमारले ब्राजिलका लागि सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्। नेयमारको यो ब्राजिलका लागि ७७ औं गोल हो। पेलेले पनि ७७ गोल गरेका छन्।

तर, खेलको ११७ औं मिनेटमा ब्रुनी पेट्कोभिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए। त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो।

पेनाल्टीमा क्रोएसियाका निकोला भ्लासिच, लोभ्रो माजेर, लुका मोड्रिच, मिस्लाभ ओर्सिचले गोल गरे। ब्राजिलका क्यासिमेरो र पेड्रोले गोल गरे। तर, रोड्रिगो र मार्क्विन्होस पेनाल्टीमा गोल गर्न चुके।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालले आज थाइल्याण्डसँग खेल्ने
आइतवार, कार्तिक २५, २०८१
नेपालले आज यूएई विरुद्ध खेल्ने
शनिवार, कार्तिक २४, २०८१