बिर्तामोड । झापाको बिर्तामोड –३ भगवान चोकमा लुम्बिनी तन्दुरी एण्ड मट्का हाउस र थकाली किचन एण्ड सेकुवा कर्नर एकै छानामुनि सञ्चालनमा आएको छ ।
आजबाट औपचारिक रुपमा सञ्चालनमा आएको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चालक कृष्ण पौडेलले बताए । आज औपचारिक सेवा सुरु गरेको अवसरमा झापाका विभिन्न स्थानमा ६० जना दृष्टि विहीन र अपाङ्गता भएका व्यक्तिलाई थकाली खाना निशुल्क खुवाएको उनले बताए ।
बिर्तामोडमा १४ वर्ष अघि देखि होटल व्यवसायमा लागेका पौडेलले हाल ७० लाखको लगानीमा होटल सञ्चालनमा ल्याएको बताए । श्रीमती अनु पौडेलको साथ पाएर व्यवसायमा जम्दै आएका पौडेलले धेरैलाई होटल व्यवसायको शिप सिकाइ सकेका छन् । हाल उनले १५ जनालाई प्रत्यक्ष रोजगारी पनि दिएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
15
+1
+1
2
+1
+1
1
+1
+1
1
Views: 44