Aamsanchar

चम्पापुरमा आयोजित धार्मिक अनुष्ठानको हिसाब सार्वजनिक 

Author Image
बिहिवार, मंसिर २९, २०७९

आम्दानी खर्चको विवरण सार्वजनिक गर्दै राधिका फाउण्डेसनकी अध्यक्ष राधिका दासी । 

चम्पापुर । राधिका फाउण्डेसनको आयोजनामा  झापाको कनकाई नगरपालिका स्थित चम्पापुर मा सम्पन्न  श्री मद भागवत कथा सप्ताहव्यापी कार्यक्रमको आयव्यय सार्वजनिक गरिएको छ । 

आज (बिहिबार) चम्पापुर मा पत्रकार भेटघाट मार्फत फाउण्डेसनकी अध्यक्ष राधिका दासीले आयव्यय सार्वजनिक गरेकी हुन । 

सडक र असहाय बालबालिकाहरूलाई आश्रय दिन र शिक्षा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको धार्मिक अनुष्ठानमा  धान, चामल र नगद गरेर ४० लाख ५० हजार ७९७ रुपैयाँ आम्दानी भएको र खर्च तर्फ १७ लाख ४ हजार २२५  बचत तर्फ २३ लाख ४६ हजार ५७२ रहेको अध्यक्ष दासीले बताइन् । 

‘फाउण्डेसनको उद्देश्य अनुसार भवन निर्माणको लागि स्थानीयहरूबाट  १३ कठ्ठा १० धुर जग्गा प्राप्त भएको छ । अझै थप सहयोग मिल्ने आश्वासन पाएका छौं । हाल सरकारले जग्गा कित्ताकाट रोकेको छ । कित्ताकाट फुकुवा हुने बित्तिकै जग्गा फाउण्डेसनको नाममा ल्याएर भवन निर्माण थालिने’ दासीले  बताएकी छन् । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
53
+1
6
+1
3
+1
2
+1
0
+1
3
+1
3
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर