Aamsanchar

सुनको भाउ आज

Author Image
बिहिवार, मंसिर २९, २०७९

काठमाडौं : नेपाली बजारमा साताको कारोबारको पाँचौ दिन सुनको भाउ आज तोलामा ७ सयले घटेको छ।

तोलामा ७ सयले घटेको छापावाला सुनको मूल्य प्रति तोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ। बुधबार प्रति तोला १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले घटेर प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ रहेको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
बुधवार, चैत ४, २०८२
सुनको मूल्य
मङ्गलवार, चैत ३, २०८२