
फायल फोटो ।

बंगलादेशमा आयोजना हुने साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसनले बिहीबार साफ यू–२० महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको हो ।

आगामी फेब्रुअरी ३ देखि ९ सम्म ढाकामा आयोजना हुने च्याम्पियनसिपमा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहने छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले ३ फेब्रुअरीमा आयोजक बंगलादेशसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

यस्तै, नेपालले ५ फेब्रुअरीमा भुटान र ७ फेब्रुअरीमा भारतसँग खेल्ने तालिका छ ।
Views: 166

